असार २४, २०८२ मंगलबार July 8, 2025

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ : प्रवक्ता डा. महत

“परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यावसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

त्रिशूली (नुवाकोट) । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताउनुभएको छ ।

नेपाली कांग्रेस ककनी गाउँपालिका–४ र ६ नं वडा कार्यसमितिले आज ओख्लेमा आयोजना गरेको ‘प्रत्यक्ष संवाद तथा भेटघाट’ लाई सम्बोधन गर्दै प्रवक्ता डा महतले कृषि उत्पादन वृद्धि गर्दै पर्यटन भित्र्याउन सके त्यसबाट आउने आर्थिकोपार्जनबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताउनुभयो ।

“परम्परागत कृषि प्रणालीलाई अहिलेका युवामार्फत सुदृढीकरण गर्दै आधुनिकीकरण र व्यावसायीकरणतर्फ लम्काउन जोड दिनुपर्छ”, पूर्व अर्थमन्त्री महतले भन्नुभयो, “स्थानीयस्तरमा उत्पादित कृषिउपज सामग्रीको उपभोगका लागि आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने कार्यक्रम ल्याउनुपर्छ । हामीले निःशुल्क पाएका प्राकृतिक सौन्दर्यता र हाम्रा पुर्खाका पौरखले बनेका धार्मिक एवं सांस्कृतिक सम्पदा देखाइ आम्दानी गर्नुपर्छ । मुलुकलाई समृद्धि बनाउन सकिन्छ ।”

आगामी आर्थिक वर्षको बजेट तयारीमा रहेको सरकारलाई उहाँले युवा वर्गलाई स्वदेशमै बस्ने वातावरण बनाउन उनीहरुलाई सीप विकास, क्षमता वृद्धि, अनुदान तथा सहायतासहित उद्यमी बनाउने कार्यक्रम समावेश गर्न सुझाव दिनुभयो ।

प्रि–बजेटको तयारीका क्रममा पूर्व अर्थमन्त्रीहरूसँग हुने छलफलमा उच्च शिक्षा अध्ययनका नाममा धेरै रकम खर्चिएर विदेश जाने युवालाई स्वदेशमै अध्ययनको प्रबन्ध मिलाइ उद्यमी बन्ने कार्यक्रम समावेश गराउन जोड दिने उहाँको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार