असार २१, २०८२ शनिबार July 5, 2025

तीनवटा संसदिय समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयका बिषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक बस्दैछ। आज विधायन व्यवस्थापन समिति, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)-२०८० को बैठक बस्न लागेको हो।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बिहान सवा ८ बजे पूर्वाधार विकास समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनको हालसम्मको प्रगति तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा स्थलगत अनुगमन, अन्तरक्रियालगायत समितिको कार्ययोजना कार्यान्वयन सम्बन्धमा छलफल हुनेछ।

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक-२०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया