श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कांग्रेस सांसद बस्नेत र पूर्व कानून सचिव ज्ञवालीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेरामक्स प्रकरणमा जोगिएलान् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ०१ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणमा टेरामक्स प्रविधिका उपकरण खरिदमा ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले १६ व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दामा कांग्रेस सांसद मोहनबहादुर बस्नेत, पूर्व कानून सचिव धनराज ज्ञवाली, प्राधिकरणका पूर्व अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, र अन्य उच्च अधिकारीहरू संलग्न छन्।

लेबनानी कम्पनी भेनराइजसँग उपकरण खरिद सम्झौता गर्दा उपकरणको मूल्य अत्यधिक देखाइएको, योजनाबिना कोष खर्च गरिएको र प्रक्रियागत अनियमितता भएको अख्तियारको ठहर छ।

दुई वटा ल्यापटपको मूल्य प्रतिगोटा ५० हजार अमेरिकी डलर, सामान्य स्विचलाई सर्भर भनेर ७९,९०० डलर मूल्य देखाइएका थिए। भन्सारले शंका गर्दै ३२ करोड धरौटीमा सामान छाडेको थियो।

भ्रष्टाचार आरोपमा कारबाहीको माग गरिएको यो प्रकरणमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमालेका गोकुल बाँस्कोटालाई भने मुद्दा नलगाउने निर्णय भएको छ।

यस्तो छ अख्तियारले दायर गरेको आरोप पत्रको पूर्णपाठ

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेको सक्रिय राजनीतिमा फर्किएँ, पछि हट्दिनँ : पूर्वराष्ट्रपति भण्डारी
२०८२ श्रावण ६, मंगलबार
प्रधानमन्त्रीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षको भेट
२०८२ श्रावण ६, मंगलबार
गण्डकीका मुख्यमन्त्री पाण्डे एकसाताका लागि चीन प्रस्थान
२०८२ श्रावण ६, मंगलबार
श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि
२०८२ श्रावण ६, मंगलबार
गठबन्धन सरकार फरक मतबीचको साझा मतबाट सफल हुन्छ : महामन्त्री विश्वप्रकाश शर्मा
२०८२ श्रावण ६, मंगलबार
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्किन नहुने एमाले नेताहरूको धारणा
२०८२ श्रावण ६, मंगलबार
राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण
२०८२ श्रावण ६, मंगलबार