काठमाण्डौंः यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, काठमाडौंले अनिश्चितकालका लागि सेवा बन्द गरेको जनाएको छ ।
यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, काठमाडौंले सोमबार एक विज्ञप्ती जारी गरी कोरोना सङ्क्रमण बढ्दै गएकोले भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक जनतासँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गर्नुपर्ने सेवाहरू स्थगित गरेको जनाएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णय अनुसार सेवा स्थगन गरेको कार्यालयले जनाएको छ । उक्त निर्णयसँगै सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण, स्मार्ट काड वितरण, प्रतिलिपि, स्मार्ट कार्ड भेरीफिकेसन तथा पास को राजश्व सङ्कलन तथा ब्लु बुक लगायत सबै काम बन्द रहने कार्यालयका शाखा अधिकृत तथा सूचना अधिकारी उपेन्द्र शाहले बताए ।
यातायात व्यवस्था कार्यालय, मोटरसाइकल, काठमाडौंलेजारी गरेको सुचना यस्तो छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया