श्रावण ६, २०८२ मंगलबार July 22, 2025

‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’- मन्त्री पाण्डे

आपतविपद्का समयमा नेपालको हवाई भाडामा हुने अस्वाभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ २ जेठ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको प्रमुख आधार रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक अपरिहार्य रहेको बताउनुभयो । नेपाल वायुसेवा निगमको अन्तरराष्ट्रिय स्टेशनहरूको दुईदिने समीक्षा बैठकमा उहाँले राष्ट्रिय ध्वजावाहकलाई सवल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो ।

पर्यटनमन्त्री पाण्डेले आपतविपद्का समयमा नेपालको हवाई भाडामा हुने अस्वाभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनका निमित्त पनि आन्तरिक तथा अन्तरराष्ट्रिय क्षेत्रमा उडान गर्न निगमलाई थप जहाज आवश्यक पर्ने बताउँदै सोका लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राख्नुभयो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको अन्तरराष्ट्रिय स्टेशनहरूमा खटिएर जाने कर्मचारीहरू निगमको मात्र नभई समग्र देशको समेत प्रतिनिधित्व गर्ने भएकाले इमान्दारितापूर्वक निगम र राष्ट्रको अधिकतम हित हुनेगरी कार्य गर्न आग्रह गर्नुभयो । उहाँले निगममा थप जहाज प्राप्तिका लागि जहाज लिज प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो । सातवटै प्रदेश सरकारको सहकार्यमा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिदका निमित्त पहल भइरहेको तथा गण्डकी प्रदेश सरकारसँग संयुक्त कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको पनि जानकारी दिनुभयो ।

निगम बजार व्यवस्थापन विभागद्वारा निगमको केन्द्रीय कार्यालयमा आयोजित गोष्ठीमा पर्यटन मन्त्रालयका प्रतिनिधि, निगमको सबै विभागीय र महाशाखा प्रमुख तथा आठ मुलुकबाट दश कन्ट्री म्यानेजर/म्यानेजरलगायतको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार