काठमाण्डौंः नेपालमा थप ५८१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा गरिएको पीसीआर परीक्षणमा ५८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू ९ हजार ६४९ रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिनुभयाे । क्वारेन्टिनमा १५ हजार १५८ रहेका छन् ।
पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।
उपत्यकामा १६८ सङ्क्रमित
काठमाण्डाैँ उपत्यकामा १६८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितहरुमा काठमाडाैँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।
मृत्यु सङ्ख्या १०७ पुग्याे, साेमबार तीनकाे मृत्यु
सोमबार तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौँका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया