श्रावण ६, २०८२ मंगलबार July 22, 2025

परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट

दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानका उपविदेशमन्त्री इकुइनो अकिकोले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा मन्त्री डा राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी हुनुभएकामा धन्यवाद व्यक्त गर्नुभयो । साथै मन्त्री डा राणाले सिन्धुली बर्दिवास बाटोको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

गत वर्ष आएको अविरल वर्षाका कारण सो बाटोमा ठूलो क्षति पुगेको छ। जापान सरकारको अनुदानमा निर्मित सो बाटोको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

मन्त्री डा राणा र जापानी उपविदेशमन्त्रीबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो मन्त्री डा राणाले नेपालको आर्थिक, सामाजिकलगायत क्षेत्रमा विगत लामो समयदेखि जापानले पुर्‍ याउँदै आएको सहयोगका लागि पनि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

मन्त्री डा राणाले नेपालले अन्तरराष्ट्रिय मञ्चमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यबद्धता जनताउन र सहयोगका लागि जापानसँग आग्रह पनि गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार