श्रावण ६, २०८२ मंगलबार July 22, 2025

वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता

अन्तरराष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भुटानका उर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ ।

नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उहाँहरुबीच आज भेटवार्ता भएको हो । भेटमा उहाँहरुबीच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेरअघि बढ्ने विषयमा छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री शाहीले भुटानले ऊर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताउनुभएको वन मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तरराष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार