श्रावण ६, २०८२ मंगलबार July 22, 2025

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेद्वारा सगरमाथा आधार शिविरको निरीक्षण

गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न बारम्बार आग्रह गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सोलुखुम्बु – गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा आधार शिविरको निरीक्षण गर्नुभएको छ । अहिले चलिरहेको आरोहणको अवस्था, आरोहीको सुरक्षा लगायत बिषयमा अनुगमनका लागि दुई जना मन्त्रिसहितको टोली बिहान सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिकामा रहेको सगरमाथा आधार शिविरमा पुगेको हो ।

आधार शिविरमा आरोही एवम् पर्यटन व्यवसायीहरुमाझ बोल्दै उहाँले आरोही, व्यवसायी तथा सहयोगीहरु सबैको सुरक्षाका लागि सरकार तत्पर रहेको बताउनुभयो । यस्तै उहाँले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्ने पनि बताउनुभयो । अनावश्यक उडानलाई नियमन गरी आवश्यकताका आधारमा निर्वाध उडान हुनुपर्ने उहाँको भनाइ छ ।

गाउँपालिकाले हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न बारम्बार आग्रह गर्दै आएको हो । कार्यक्रममा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरुले सगरमाथा क्षेत्रको समग्र व्यवस्थापन सुधारका लागि विभिन्न सुझाव र माग पेश गरेका छन् ।

आधार शिविरमा सञ्चार सेवा विस्तार, लुक्ला–खुम्बु जोड्ने सडकको स्तरोन्नति, आधारशिविरमा आपत्कालीन हेलिकप्टर सङ्ख्या वृद्धि, आरोही कल्याणकारी कोषको स्थापनाजस्ता माग प्रमुख छन् । अहिले सगरमाथामा आरोहण चलिरहेको छ ।

यस वर्ष सगरमाथा आरोहणका लागि चार सय ५८ जनाले अनुमती लिएका पर्यटन मन्त्रालयले जनाएको छ । एक सय जना भन्दा धेरैले आरोहण गरिसकेका छन् । मे २९ तारिख अर्थात् जेठको मध्यसम्म सगरमाथा आरोहण हुने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार