श्रावण ६, २०८२ मंगलबार July 22, 2025

एमालेका पूर्वसांसद इच्छाराज तामाङलाई थुनामै राख्न सर्वोच्चको आदेश

सिभिल सहकारीका पूर्व सञ्चालक तामाङलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ जेठ । सर्वोच्च अदालतले पूर्व सांसद एवं सिभिल सहकारीका पूर्व सञ्चालक इच्छाराज तामाङलाई मुद्दाको पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।

थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत र उच्च अदालतले दिएको आदेशविरुद्ध उनी सर्वोच्च गएका थिए । सर्वोच्चले मुद्दाको पुर्पक्षका लागि थुनामै राख्ने तल्लो अदालतको आदेश सदर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुलअजिज मुसलमानको संयुक्त इजलासले तल्लो अदालतको आदेशले नै निरन्तरता पाउने फैसला गरेको छ ।

‘प्रस्तुत निवेदनसँग सम्बन्धित ०७९-CR- ००२२ को सम्पत्ति सुद्धिकरण मुद्दा शुरु विशेष अदालत काठमाडौंबाट मिति २०८०।१०।२१ मा फैसला भैसकेको देखिंदा प्रस्तुत निवेदनमा केही गरिरहनु परेन । कानूनबमोजिम गर्नू,’– आदेशमा भनिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार