श्रावण ६, २०८२ मंगलबार July 22, 2025

नयाँ तलबमान न्यूनतम ३८ हजार ८६२ रुपैयाँ कायम गरिनुपर्ने कर्मचारीको माग

आफ्नो र परिवारको नाममा घर नहुने कर्मचारीलाई तलब स्केलको निश्चित प्रतिशत बहालबापत उपलब्ध गराइनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ ५ । नेपाल निजामती कर्मचारी संगठनले आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिनुपर्ने ३८ बुँदे सुझावपत्र सरकारलाई पेश गरेको छ।

संगठनका अध्यक्ष भवानी न्यौपाने दाहालसहितको टोलीले आइतबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर मौद्रिक तथा गैर मौद्रिक पक्षमा आधारित मागहरू प्रस्तुत गरेका हुन्।

संगठनले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल उच्च राख्न, सेवाप्रवाहलाई प्रभावकारी बनाउन, तथा सुशासन प्रवर्द्धन गर्नका लागि तलब, भत्ता, सेवा-सुविधा र कार्यस्थलमा सुधारको खाँचो औँल्याउँदै विभिन्न ठोस मागहरू अघि सारेको हो।

संगठनले बजार मूल्यलाई आधार मान्दै आधारभूत तलबमान ३८ हजार ८६२ रूपैयाँ कायम गर्न माग गरेको छ । कार्यालय सहयोगी र मुख्य सचिवबीचको अनुपातलाई पहिलो चरणमा १:३.५ अनुपात पुर्‍याई तेस्रो चरणमा १:५ को अनुपात बनाउन पनि माग गरिएको छ ।

आफ्नो र परिवारको नाममा घर नहुने कर्मचारीलाई तलब स्केलको निश्चित प्रतिशत बहालबापत उपलब्ध गराइनुपर्ने, कर्मचारी र परिवारका सदस्यको उपचार सहुलीयत, खाजा भत्ता, छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन प्रोत्साहनका लागि सन्ततिलाई मासिक भत्तालगायतको व्यवस्था गर्न पनि माग गरिएको छ ।

यस्ता छन् कर्मचारी संगठनका ३८ बुँदे मागहरुको पूर्णपाठः

  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार