काठमाडौं, जेठ ७ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अधिकृत तथा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
विश्वस्त स्रोतका अनुसार भट्टराईलाई मंगलबार दिउँसो विमानस्थल अध्यागमन विभागबाटै पक्राउ गरी टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालयमा लगिएको हो। भट्टराईमाथि भिजिट भिसाको नाममा विदेशिने यात्रुहरूबाट अवैध रुपमा रकम उठाउने र त्यसमा उच्च तहसम्म मिलेमतो हुने गम्भीर आरोपहरू छन्।
स्रोतहरूका अनुसार भट्टराईलाई पक्राउ गर्नुअघि नै गृह मन्त्रालयले आकस्मिक निर्णय गर्दै उनलाई विमानस्थलबाट हटाउने निर्णय लिएको थियो। मंगलबार बेलुकै मन्त्रिस्तरीय निर्णयमार्फत उनलाई गृह मन्त्रालयमा सरुवा गरिएको थियो, भने पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुखमा पठाउने निर्णय गरिएको हो।
स्रोतका अनुसार, भट्टराईविरुद्ध केही साताअघि देखि नै अख्तियारले अनुसन्धान सुरु गरिसकेको थियो। पछिल्लो चरणमा विमानस्थलको अध्यागमन कक्षमै छापा मार्ने तयारी भइरहेको खबर पाएपछि गृह मन्त्रालयले हतारमा उनलाई सरुवा गरेर संभावित संकट टार्ने प्रयास गरेको बुझिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया