असार २२, २०८२ आइतबार July 6, 2025

एमए प्रथम सेमेष्टरको परीक्षा समय परिवर्तनको माग, विद्यार्थीहरूको शिक्षाध्यक्षलाई संयुक्त निवेदन

शिक्षाध्यक्षलाई यथासक्य चाँडो सकारात्मक निर्णय लिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,  ८ जेठ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकायका विद्यार्थीहरूले एम.ए. पहिलो सेमेष्टरको परीक्षा समय परिवर्तनको माग गर्दै शिक्षाध्यक्षसमक्ष संयुक्त निवेदन पत्र पेश गरेका छन्।

हालै प्रकाशित परीक्षा तालिकामा दिइएको अपरान्ह १२ बजेदेखि ३ बजेसम्मको परीक्षा समय अधिकांश विद्यार्थीहरूका लागि असहज, अव्यवहारिक र असुविधाजनक भएको भन्दै सो समयलाई बिहानको समयमा सार्न अनुरोध गरिएको छ।

निवेदनपत्रमा विद्यार्थीहरूले वर्तमान समय तालिकाले शिक्षक सेवा आयोगको तयारी, यातायात सुविधाको अभाव, सुरक्षा चुनौती, साथै अन्य व्यवहारिक कठिनाइहरू सिर्जना गर्ने उल्लेख गरेका छन्। यस्तो परीक्षाको समयले विद्यार्थीहरूको पढाइ तथा प्रतिस्पर्धात्मक परीक्षामा केन्द्रित तयारीमा प्रतिकूल असर पार्ने बताएका छन्।

विद्यार्थीहरूको तर्फबाट बुझाइएको उक्त संयुक्त निवेदनमा छ वटा विभागका प्रतिनिधि विद्यार्थीहरू सहभागी छन्। जसमा आमसञ्चार तथा पत्रकारिता विभागका मछिन्द्रराज आचार्य, समाजशास्त्र विभागका विवेक लम्साल, अर्थशास्त्र विभागकी प्रमिला नेपाल, भूगोल विभागका प्रकाश ढकाल, इतिहास विभागका सुमन अधिकारी, र अङ्ग्रेजी विभागका किशोर बस्यालको नाम उल्लेख गरिएको छ।

विद्यार्थी समूहले शिक्षाध्यक्षलाई यथासक्य चाँडो सकारात्मक निर्णय लिन आग्रह गरेका छन्। उनीहरूको भनाइमा परीक्षा समयलाई विद्यार्थीहरूको सहजता र व्यावहारिक आवश्यकतामा केन्द्रित गरेर पुनः निर्धारण गरिनुपर्छ।

त्रिभुवन विश्वविद्यालयका सम्बन्धित निकायबाट यस विषयमा कस्तो निर्णय लिइन्छ भन्ने विषयमा विद्यार्थीहरू प्रतीक्षारत छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार