श्रावण ६, २०८२ मंगलबार July 22, 2025

लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’का रूपमा विकास गर्छौँ : पर्यटनमन्त्री पाण्डे

नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’का रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार बीआईटीएम २०२५ को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपाललाई बौद्ध, आध्यात्मिक र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए ।

नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्द्धनका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया