कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीले आज मंगलबार मध्यराती १२ बजेदेखि लागू हुने गरि निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढ्दै गईरहेकाले भदौ ७ सम्म निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञाअनुसार अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न नपाइने भएकाे छ भने मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जलस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलनसम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्न पाइनेछैन।
निषेधाज्ञाको आदेश जारी रहेको अवधिभर निषेध गरिएका सेवा तथा कार्यहरु
१. अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन र हिँडडुल गर्न नपाईने ।
२. मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलनसम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्न।
३. विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था,तालिम तथा प्रशिक्षण केन्द्रहरु, गैरखाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर तथा पसलहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना फिटनेश सेन्टर, स्पा, स्विमीड पुल, व्युटी पार्लर, शैलुन, हार्डवेयर पसल, सुनचाँदी, टेलरिङ, फुटपाथ पसललगायतका सेवा तथा स्थलहरु खोल्न तथा सञ्चालन गर्न।
सञ्चालनमा रहने
१. एम्बुलेन्स, दमकल, शव वाहन, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादनका सवारी तथा ओसारपसारमा प्रतिबन्ध नरहने प्रशासनले जनाएको छ।
२. साथै, माछा, मासु, पानी बोक्ने सवारी साधन, ग्याँस तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नियमित आवतजावत खुला रहने प्रशासनले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया