श्रावण ६, २०८२ मंगलबार July 22, 2025

भिजिट भिषा प्रकरणमा मन्त्रीको संलग्नता छैन : गृह मन्त्रालय

मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुप्रति गम्भीर ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका सहसचिव छवि रिजालले एक विज्ञप्ती जारी गर्दै कुनैपनि गैरकानुनी र भ्रष्टाचारजन्य कार्यमा गृहमन्त्रीको संलग्नता नरहेको प्रस्ट पारेका हुन् ।

विज्ञप्तीमा भनिएको छ– ‘कुनैपनि गैरकानुनी र भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको संलग्नता नरहेको र नरहने स्पष्ट गर्दछौँ । ’
यस्तै, मन्त्रालयले विषयको गम्भीरतालाई मध्यनजर गर्दै सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रशारण गर्न पनि आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया