असार २२, २०८२ आइतबार July 6, 2025

पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते

अभिभावकबाट गुनासो आएकोले छानबिन गरेर दोषी भए कारबाहीको पक्रिया अघि बढाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, जेठ ११ गते । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सहिद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा अध्ययरत पाँच विद्यार्थी शिक्षकको कुटाइबाट घाइते भएका छन् । सहायक प्रधानाध्यापक निराजन भट्टको कुटाइबाट घाइते भएका हुन् ।

शिक्षक भट्टको कुटाइबाट कक्षा ६ मा अध्ययनरत अस्मृति बिकको देब्रे हात मर्किएको छ भने औंला भाँचिएको छ । यातना दिई कुटपिट गर्ने शिक्षकको कारबाहीको माग राख्दै पीडितका अभिभावकले आइतबार विद्यालयमा निवेदन पेश गरेका छन् ।

छोरी  शुक्रबार खाना नखाई झोक्राएर सुत्न लागेपछि  उनका साथीसँग सोध्दा शिक्षकको कुटाइले घाइते भएको पत्ता लागेको अस्मृतिको आमा राममाया सुनारले बताउनुभयो ।

शिक्षकको डरले कुटाई खाएको नभनेको र साथीसँग सोधेर पत्ता लगाएको उहाँले बताउनुभयो ।  कुटाई छोरी सख्त घाइते भएकाले आइतबार विद्यालयमा पुगेर कारबाहीको माग राखेको सुनारले बताउनुभयो । कुटाइबाट हात मर्किएको, औंला भाँचिएको, पिठिउँमा निलडाम रहेको र हाल ज्वरो आएको सुनारले बताउनुभयो । साथीसँग किन झगडा गरेको भनेर शिक्षक भट्टले लौरीले पिढिउँ र हातमा हिर्काउनु भएको अस्मृतिले बताउनुभयो ।

देव्रेहात बेस्सरी दुखेको र औँला चलाउन कठिन भएको अस्मृति बताउनुहुन्छ । अस्मृतिले भन्नुभयो, ‘‘साथीसँग सामान्य भनाभन भएको थियो सरले एक्कासि बेस्मरी कुट्नु भयो ।’’

अस्मृतिका अन्य चारजना साथीहरु सिता बिक, सरस्वती सुनार, रविना सुनार र अस्मिता तामाङलाई चोट लागेको छ ।

तर शिक्षकले भट्टले सामान्य कुटेको र चोट नलागेको बताउनुभयो । शिक्षक भट्टले भन्नुभयो, ‘झगडा गरेकाले सामान्य सजाएँ दिएको हुँ घाइते हुने गरी कुटेको छैन ।’’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनराज दाहालले अभिभावकले कुटेर घाइते बनाएको गुनासो गरेकाले सोमबार विद्यालय व्यवस्थापन समितिको बैठक बोलाइएको बताउनुभयो ।

दाहालले भन्नुभयो, ‘‘अभिभावकबाट गुनासो आएको छ हामीले छानबिन गर्छौँ र दोषी भए कारबाहीको पक्रिया अघि बढाउँछौँ ।’’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार