असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपतिबाट राजदूत लम्साल र रूपाखेतीलाई अतिरिक्त जिम्मेवारी

बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि गैरआवासीय राजदूत नियुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उहाँहरूलाई आज ती देशका लागि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको हो ।

राजदूत रुपाखेतीलाई गणतन्त्र पोल्याण्ड, हङ्गेरी, रोमानिया र स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूत नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार