श्रावण ५, २०८२ सोमबार July 21, 2025

इमेज सहकारी ठगी मुद्दामा ढोरपाटनका मेयर कारागार चलान

जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको खुालाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । पोखराको इमेज सहकारी ठगी अभियोगमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन् ।

सोमबार जिल्ला अदालत कास्कीका न्याायधीश हिमलाल बेलबासेको इजलासले नेपालीलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।

जिल्ला कारागार बागलुङमा थुनामा रहेका नेपालीलाई आइतबार जिल्ला अदालत पोखरा झिकाएर बयान लिएको थियो ।

बयान सकिएपछि सोमबार इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया