असार २१, २०८२ शनिबार July 5, 2025

प्रतिनिधि सभाको बैठक स्थगित

सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रतिनिधि सभा बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ। प्रतिपक्षी दलहरूले गरेको अवरोधका कारण स्थगित भएको आजको संसद बैठक भोलिसम्मका लागि स्थगित भएको हो।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अवरुद्ध गरेका थिए। संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहान बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए।

बैठक सञ्चालन गर्न सभामुख घिमिरेले कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका नेताहरूसँग छलफल गरे पनि सहमति नभएपछि भोलि ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया