असार २२, २०८२ आइतबार July 6, 2025

म्याग्देका विद्यालयमा दिवा खाजा कार्यक्रम लागू

कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको सङ्ख्या बढे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ, १५ जेठः म्याग्दे गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेपछि यहाँका बालबालिका नियमित विद्यालय जान थालेका छन् ।

सङ्घीय सरकारको आर्थिक सहयोगमा बालविकास केन्द्रदेखि कक्षा पाँचसम्मका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेपछि विद्यालय जानेको सङ्ख्या बढेको हो ।

दिवा खाजामा पौष्टिक आहारसहितको व्यवस्था गरिएकाले कुपोषण हुने बालबालिकाको सङ्ख्यामा कमी आएको म्याग्दे शिक्षा शाखाका अधिकृत विष्णुखत्री क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यालय नजाने र गएका पनि बीचमै छाडेर हिड्ने प्रवृत्ति पनि रोकिएको छ ।” उहाँका अनुसार गाउँपालिकाभित्र रहेका २२ वटा विद्यालयमा एक हजार ७२८ जना बालबालिका दिवा खाजा कार्यक्रममा समावेश भएका छन् ।

चालु आर्थिक वर्षका लागि दैनिक रु १५ का दरले एक सय ८० दिनका लागि रु ५० लाख ८७ हजार खर्च हुने अनुमान गरिएको शिक्षा अधिकृत क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार म्याग्दे–२ स्थित राधा मावि र वडा नं ४ स्थित मिन माविले अन्य विद्यालय तुलनामा कम खर्चमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

उहाँले भन्नुभयो, “धेरै विद्यार्थी रहेका ती दुई विद्यालयले थोरै बजेटमा पनि गुणस्तरीय खाजा खुवाउन सकिन्छ भन्ने उदाहरण दिएका छन्, ती विद्यालयको गतिविधि र योजना अन्यले पनि सिक्नुपर्ने आवश्यक छ ।”

यसवर्ष दुई विद्यालय गाभिए

चालु आर्थिक वर्षमा जिल्लाका दुई वटा विद्यालय गाभिएका म्याग्दे शिक्षा शाखाले जनाएको छ । म्याग्दे–७ स्थित बेदकालिका आधारभूत र म्याग्दे–४ मा रहेको जनप्रकाश आधारभूत विद्यालय विद्यार्थी सङ्ख्या शून्य भएपछि गाभिएको हो ।

बेदकालिकालाई सोही वडास्थित मिलीजुली आधारभूत विद्यालयमा र जनप्रकाशलाई मिन माध्यमिक विद्यालयमा गाभिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार पालिकाभित्र मावि तह छ, कक्षा १–८ सम्म चार र कक्षा १–५ सम्म १२ गरी २२ विद्यालय छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार