काठमाडौँ । सरकारले ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को बढुवा गरेको छ। गृहमन्त्रीस्तरबाट गरिएको निर्णयअनुसार बढुवा भएका डीआईजीहरूको पदस्थापन तथा काजसमेत गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएको हो।
प्राप्त विवरण अनुसार डीआईजी सुदर्शन प्रसाद कोइराला विशेष ब्युरोमा, विनोद घिमिरे महानिरीक्षकको सचिवालयमा र दीपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएका छन्।
यस्तै, दीपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालय, माधव प्रसाद श्रेष्ठ कर्णाली प्रदेश, दिलीप सिंह देउवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, र दीपक कुमार बस्नेत प्रदेश समन्वय विभागमा पदस्थापित भएका छन्।
त्यस्तै, ओम बहादुर राना अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जयराज सापकोटा कार्यविभाग, सञ्जीव शर्मा दास अपराध अनुसन्धान निर्देशनालय, र सुरेन्द्र बहादुर गुरुङ साइबर ब्युरोमा काजमा खटाइएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया