श्रावण ५, २०८२ सोमबार July 21, 2025

पोखरामा दीर्घकालिन पुनःस्थापना केन्द सञ्चालनमा

प्रदेश सरकारको ७०% र पोखरा महानगरको ३०% लगानीमा केन्द्र सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १७ जेठ । गण्डकी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहत गण्डकी प्रदेश दीर्घकालीन पुनःस्थापना केन्द्र स्थापना गरिएको छ ।

पोखरा महानगरपालिका–३३ पुष्पवस्तीमा निर्मित केन्द्रको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभरम्भ गर्नुभयो । सो अवसरमा उहाँले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो ।

पुनस्थापना केन्द्र गण्डकी प्रदेशको सामाजिक रूपान्तरणको अभियानमा कोशेढुङ्गा सावित जनाउँदै उहाँले प्रदेश सरकारको ७०% र पोखरा महानगरको ३०% लगानीमा केन्द्र सञ्चालन हुने जानकारी गराउनुभयो ।

प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको उल्लेख गर्दै उहाँले मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात भएको बताउनुभयो ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिन पुनस्र्थापना केन्द सञ्चालनमा गण्डकी सरकारबाट कुुनै समस्या नरहने र बजेट व्यवस्थापन समेत त्यही अनुरूप हुने बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आर्थिक स्रोतकै अभावका कारण योजना अलपत्र पर्नु नहुने बताउँदै प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य जानकारी गराउनुभयो ।

गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, कोपिला नेपालकी विना सिलवाललगायतले केन्द्रको प्रभावकारी उपयोग हुनुपर्ने बताउनुभयो ।

केन्द्रको शुभारम्भसँगै घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरी, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाको दीर्घकालीन पुनःस्थापनाको थालनी हुने विश्वास लिइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार