असार २२, २०८२ आइतबार July 6, 2025

महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्त हुनुपर्छ : उपराष्ट्रपति

लैंगिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरूद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १६ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिला सशक्तीकरणका लागि आर्थिक स्वतन्त्रता अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सातौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले लैंगिक समानता, महिला सशक्तीकरण र महिलाप्रति हुने हिंसा, विभेद र असमनाताविरूद्ध आवाज उठाउने अठोट र प्रण लिने अवसरका रूपमा पनि यो दिवसलाई लिन सक्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन् , ‘महिला सशक्तीकरणका लागि शिक्षा र सीप विकास, आर्थिक स्वतन्त्रता, राजनीतिक सहभागिता, महिला नेतृत्व र उद्यमशीलता, कानुनी सुधार र अधिकार, स्वास्थ्य र प्रजनन अधिकारजस्ता मूलभूत विषयलाई अनिवार्य शर्तका रूपमा अवलम्बन र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।’

संविधानमा उल्लेखित लैंगिक समानताका प्रावधानलाई कार्यान्वयन गर्न र सामाजिक जागरुकता फैलाउनमा यो दिवसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उपराष्ट्रपति यादवले विश्वास व्यक्त गरेका छन्। लैंगिक असमानता र महिलाप्रति हुने सबैखाले अन्यायको अन्त्यका लागि सचेतना फैलाउन, सरकार र सम्बन्धित निकायलाई महिला अधिकारका लागि प्रभावकारी नीति तथा कार्यक्रमका साथ ठोस कार्यान्वयनमा उत्प्रेरित गर्न सके मात्र महिला अधिकार दिवसको सार्थकता थप पुष्टि हुने उनको भनाइ छ ।

‘महिलाहरूलाई आफ्ना अधिकारबारे जानकारी दिने र नेतृत्व, शिक्षा र आर्थिक अवसरमा सहभागी गराउने, लैंगिक हिंसा, बालविवाह, दाइजोजस्ता कुप्रथाविरूद्ध सामुदायिक एकताको अपरिहार्यतालाई आत्मसात् गर्दै अघि बढ्नु आजको आवश्यकता पनि हो’, शुभकामना सन्देशमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार