श्रावण ५, २०८२ सोमबार July 21, 2025

राजदूत नेपालद्वारा माल्टाका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपाल र माल्टाबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, सहयोग अभिवृद्धि र सहकार्यका सम्भावनालगायत विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिस्बन (पोर्चुगल) । स्पेनका लागि नेपाली राजदूत तथा माल्टाका लागि गैर आवासीय नेपाली राजदूत शनिल नेपालले माल्टाका राष्ट्रपति मायरीयम स्पिटेरी देबोनोसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

बिहीबार माल्टाको राजधानी भ्यालेत्तास्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहका बीच राजदूत नेपालले राष्ट्रपति देबोनोसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । सो अवसरमा राजदूत नेपालले राष्ट्रपति देबोनोसँग शिष्टाचार भेट गरेका थिए । भेटमा नेपाल र माल्टाबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, सहयोग अभिवृद्धि र सहकार्यका सम्भावनालगायत विषयमा छलफल भएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश सुनाउँदै नेपाल सरकार र नेपाली जनताको तर्फबाट माल्टा सरकार तथा जनताप्रति सद्भाव प्रकट गरेका थिए । उनले नेपाल र माल्टा दुवै मुलुक पर्यटनका लागि सम्भावनायुक्त भएकाले जलवायु परिवर्तनका कारण देखा परेका असर र चुनौतीजस्ता साझा मुद्दामा आपसी सहयोग र सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।

शैक्षिक, पर्यटन र व्यापारलगायतका क्षेत्रमा सहकार्यका साथै नेपालमा माल्टाको दूतावास स्थापनाका लागि राष्ट्रपतिसमक्ष आग्रह गरिएको राजदूत नेपालले जानकारी दिए।

सो अवसरमा राजदूत नेपाललाई बधाई दिँदै राष्ट्रपति देबोनोले सफल कार्यकालको शुभकामना समेत दिएका थिए । उनले माल्टामा बसोबास गर्दै आएका नेपालीको मेहनत, परिश्रम र योगदानको प्रशंसा गर्दै माल्टावासी नेपालीको हितका लागि माल्टामा कन्सुलर कार्यालय स्थापना गर्न आग्रह गरेको राजदूत नेपालले बताए ।

राष्ट्रपति देबोनोले दुई मुलुकबीच सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई प्रोत्साहन गर्न सकिने उल्लेख गर्दै सन् २०२६ मा हुने माल्टा बिएन्नाले कार्यक्रममा सहभागिताको लागि नेपाललाई औपचारिक निमन्त्रणा समेत दिएको उनले बताए ।

उक्त समारोहमा राष्ट्रपतिको कार्यालयका अधिकारीहरू, विदेश मन्त्रालयका अधिकारीहरूका साथै नेपाली दूतावासका उच्चअधिकारीको उपस्थिति रहेको दूतावासले जनाएको छ । पछिल्लो समय माल्टा नेपाली श्रमिकको लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको छ । माल्टामा नेपालीको सङ्ख्या यकिन नभए पनि १० हजारको हाराहारीमा नेपाली रहेको अनुमान छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार