असार २१, २०८२ शनिबार July 5, 2025

वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेहेले जिते

प्रतियोगितामा पालिकाका कालिखोला, सादेवा, आङ्खोप, साब्लाखु, लिम्बुदिन, सुरुम्खिम र मेहेले गरी सात वटा वडाको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

फुङलिङ, जेठ १७ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा आयोजित वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि मेहेले जितेको छ । शनिबार भएको फाइनल खेलमा लिम्बुदिनलाई ३–१ को सेटमा पराजित गर्दै मेहेलेले उपाधि जितेको हो ।

प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२ को अवसरमा आयोजित भलिबल प्रतियोगिताको उपाधि जिते सँगै मेहेलेले  ५० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्र  हात पारेको छ । द्वितीय भएको सुरुम्खिमले ३० हजार रुपियाँसहित ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।

मेहेलेले क्वाटरफाइनलमा कालिखोला सेमिफाइनलमा लिम्बुदिनलाई हराएर फाइनलमा स्थान बनाएको थियो । त्यस्तै सुरुम्खिमले क्वाटर फाइनलमा आङखोप र सेमिफाइनलमा सादेवालाई हराएर फाइनलमा स्थान बनाएको थियो ।

विजयी टिमहरूलाई कोशी प्रदेशका पूर्व मुख्य मन्त्री शेरधन राईले पुरस्कार वितरण गर्नुभयो । प्रतियोगितामा पालिकाका कालिखोला, सादेवा, आङ्खोप, साब्लाखु, लिम्बुदिन, सुरुम्खिम र मेहेले गरी सात वटा वडाको सहभागिता रहेको थियो ।

समुद्र सतहदेखि तीन हजार ५१५ मिटर उचाइ रहेको पर्यटकीयस्थल सिदिङ्वाधाको प्रचारप्रसारका लागि सिदिङबा गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता सादेवाको थामडाँडादेखि धामसम्म दौड सञ्चालन गरिएको थियो ।

सिदिङ्वा धामसहित गाउँपालिकाभित्र रहेका पर्यटकीय गन्तव्य ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा, काली पोखरी, हात्ती ढुङ्गा लगायतका स्थलको थप प्रचारप्रसार साथै प्रवर्द्धन गर्न पनि महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२०८२ असार २०, शुक्रबार
सरकारी मुद्दामा अनिवार्य वकिल प्रतिनिधित्वको तयारीमा महान्यायाधिवक्ताको कार्यालय
२०८२ असार २०, शुक्रबार
प्रधानमन्त्री ओली स्पेन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
२०८२ असार २०, शुक्रबार
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार