असार २२, २०८२ आइतबार July 6, 2025

जारी लकडाउनका बिच हतियार सहित राजधानीबाट तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जारी लकडाउनका बिच प्रहरीले राजधानीबाट हतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

नुवाकोट जिल्ला शिखरबेसी- ६ का विकेश पण्डितलाई २ थान अमेरिकन पेस्तोल, २ वटा म्यागजिन र १० राउण्ड गोलीसहित प्रहरी अपराध महाशाखाको विशेष टोलीले कामनपा-१६ माछापोखरीबाट पक्राउ गरेको हो ।

प्रहरीले अनुसन्धानका क्रममा नुवाकोटको लिपु गाउँपालिका १ का २८ वर्षीय अम्मर तामाङ भन्ने ब्यक्तिले उक्त हतियार उनीहरुलाई दिएको गोप्य सुचनाको आधारमा खोजि गर्ने क्रममा नुवाकोटबाट अम्मरलाई पनि पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका अम्मरले उक्त हतियार आफ्नो नभएको बताएका छन्। उनले डाँका मुद्दामा सँगै जेल परेका धनुषाको धारापानीका शम्भु कार्कीको भएको बताए पनि शम्भुले समेत ती हतियार अर्कै व्यक्तिको भएको बताएका छन् ।

उनले धादिङको खाल्टे घर भएका राजकुमार गुरुङलाई ती हतियार राख्न दिएको बताएका छन् । राजकुमार बालाजुको एक होटलको साहुलाई राख्न दिएको र साहुले बिकेश पण्डितलाई दिएको बताएका छन् ।

अम्मर तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरी २०७६ फागुन २२ गते थुना मुक्त भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार