असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपतिद्वारा मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्।

ललितपुरको जाउलाखेलमा आइतबार अपराह्न आयोजित भोटोजात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन्।

गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए। मच्छिन्द्रनाथको रथ लगनखेलबाट जाउलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए।

भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो।

गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो देखाएपछि यस वर्षका लागि सम्पन्न भएको छ। मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया