असार २२, २०८२ आइतबार July 6, 2025

शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

छात्रवृत्तिका लागि गाउँपालिकाले यस वर्ष रु चार लाख विनियोजन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बैतडी, १८ जेठः शिवनाथ गाउँपालिकामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । प्राविधिक धारतर्फ उच्चशिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ ।

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले भन्नुभयो, “गाउँपालिकाभित्रका विपन्न छात्रछात्राको प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । यो वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि सूचना आह्वान गरेका छौँ ।”

गत वर्षदेखि चिकित्सा, इन्जिनियर तथा प्राविधिक विषयमा विपन्न छात्रछात्राको पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति दिने गरिएको छ । यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि गाउँपालिकाले सूचना आह्वान गरेको छ । प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गरिरहेका र शिवनाथ गाउँपालिकाभित्र घर भएका विपन्न छात्रछात्राका लागि आवेदन आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताउनुभयो ।

शिवनाथ गाउँपालिकाले शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ निर्माण गरेको र सोही अनुसार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ । छात्रवृत्तिका लागि गाउँपालिकाले यस वर्ष रु चार लाख विनियोजन गरेको छ । गत वर्ष छात्रवृत्तिका लागि रु पाँच लाख विनियोजन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन परेका विद्यार्थीमध्ये छनोट समितिले छनोट गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार