असार २२, २०८२ आइतबार July 6, 2025

नक्कली पाइलट बनि महिलाहरुको सुन लुट्ने एक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल एयरलाइन्सको पाइलट हुँ भनि प्रलोभनमा पारी महिलाहरुको साथमा रहेको सुनको गर गहनाहरु लुटपाट गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिगत १ बर्ष अगाडी देखि रोहिन जंग शाह नामबाट फेसबुक चलाई सोही माध्यमबाट महिलाहरुलाई साथी बनाई उनले गर गहनाहरु लुटपाट गर्ने गरेका थिए ।

विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, नामटार- २ घर भई हाल काठमाण्डौ जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ बस्ने बर्ष २३ को रोहिन जंग शाह भन्ने रबिन सुनुवारलाई मंगलबार उसकै डेराकोठावाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले केही महिलाहरुबाट अन्दाजी ११ तोला बाराबरको सुनका गहनाहरु र २ थान मोबाईल सेट समेत लुटपाट गरेको खुल्न आएको छ ।

सो सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसरले जनाकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार