काठमाण्डौंः पञ्जाब किङ्सले ११ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान बनाएको छ। आईपीएल २०२५ को दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै पञ्जाबले उपाधि भिडन्तमा रॉयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्ने भएको हो।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २०३ रन बनाएको थियो। जवाफमा पञ्जाबले कप्तान श्रेयस अय्यरको अविजित ८७ रनको उत्कृष्ट प्रदर्शनमा १९ ओभरमै लक्ष्य पूरा गर्यो।
अय्यरले ४१ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्याए। नेहल वढेराले २९ बलमा ४८ रनको योगदान दिए। यस जितसँगै पञ्जाब किङ्स २०१४ पछि पहिलोपटक फाइनलमा पुगेको हो।
फाइनल खेल जुन ३ मा नरेन्द्र मोदी स्टेडियममै हुनेछ, जहाँ पञ्जाब र बेंगलुरु दुवै टोली पहिलोपटक आईपीएल उपाधि जित्ने लक्ष्यमा मैदान उत्रनेछन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया