काठमाडौंः प्रेस काउन्सिल ऐनविपरीत स्वीकृत गरिएको नियमावलीको प्रावधान तत्काल फिर्ता गरी प्रेस काउन्सिलको स्वायत्तता कायम रहन दिन नेपाल प्रेस युनियनले सरकारसँग आग्रह गरेको छ ।
युनियनका अध्यक्ष बद्री सिग्देलले एक प्रेस विज्ञप्ती जारी गर्दै प्रेस काउन्सिल नेपालका सम्बन्धमा गरिएको निर्णय हो, जुन निर्णयले काउन्सिलको स्वायत्ततामा ठाडो हस्तक्षेप भएको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ- ‘प्रेस काउन्सिल ऐन २०४८ अनुसार प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्ने अधिकार काउन्सिल स्वयंलाई छ । तर सरकार आफैले यससँग बाझिने गरी कार्यवाहक अध्यक्ष तोक्ने व्यवस्थासहित प्रेस काउन्सिल कार्यव्यवस्था नियमावली संशोधन गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘सरकार लोकतन्त्रमा मिडियाको भूमिका निस्तेज पार्न र मिडिया नियन्त्रणमुखी कानून बनाउन उद्धत देखिएकाले हामी यसको विरोध गर्दै यसविरुद्ध उभिन सरोकारवाला सबैलाई हार्दिक आह्वान समेत गर्दछौ ।
साथै सरकारलाई उक्त निर्णय तत्काल सच्याएर काउन्सिललाई राजनैतिक आग्रह मुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिस्कृत र विकसित गर्न समेत माग गर्दछौ । साथै काउन्सिल प्रकरण सम्बन्धमा सर्वाेच्च अदालतले गरेको अन्तरिम आदेशको सम्मान गर्दछौं’- विज्ञप्तीमा थप भनिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया