असार २१, २०८२ शनिबार July 5, 2025

बागमती प्रदेशसभाबाट दुई विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मकवानपुर, १९ जेठः बागमती प्रदेशसभाको आज बैठकले दुई वटा विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ ।

बैठकले प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८२ र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।

बैठकमा उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङले सो विधेयकहरुलाई पारित गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभामुख भुवनकुमार पाठकले ती विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दा सभाले सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।

विधेयक पारित हुनुअघि मन्त्री तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसैगरी उहाँले प्रादेशिक व्यापार तथा व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१ को सम्बन्धमा उद्योग, पर्यटन तथा वातावरण समितिले तयार गरेको प्रतिवेदनमाथि छलफल गरियोस् भने प्रस्तावसमेत प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार