असार २२, २०८२ आइतबार July 6, 2025

बेनीघाट रोराङमा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै

शिक्षकहरूको सक्रियता र सकारात्मक ऊर्जा उत्साहजनक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धादिङबेँसी, जेठ १९ गते । धादिङको बेनीघाट रोराङ गाउँपालिकामा शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले विद्यार्थी केन्द्रित शिक्षण सिकाइ प्रवर्धन गर्न सञ्चालन गरेको शिक्षक साटासाट कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

शैक्षिक गुणस्तर अभिवृद्धि र नवीन अभ्यास प्रवर्धन गर्ने उद्देश्यले २०८१ साल पुस १६ गतेदेखि सात दिनका लागि पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन गरेको थियो ।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) को अध्यक्षतामा उक्त कार्यक्रमको समीक्षा गरिएको छ । शिक्षकबिचको अनुभव, सीप र शिक्षण शैलीको आदान–प्रदानमार्फत विद्यार्थी सिकाइमा सकारात्मक सुधार आएको प्रारम्भिक मूल्याङ्कन देखिएका गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिनुभयो ।

“शिक्षकहरूको सक्रियता र सकारात्मक ऊर्जा उत्साहजनक छ । यसलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ,” अध्यक्ष थपलियाले भन्नुभयाे ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले शिक्षकहरूले विभिन्न विद्यालयका पद्धति र सामग्री प्रयोगको अनुभव लिएर आफ्नो कक्षामा नवीन अभ्यास लागु गर्न सक्ने बताउनुभयो । “यसले विद्यार्थीमा चासो र सिक्ने अवसर सिर्जना गर्छ,” उहाँले भन्नुभयो ।

शिक्षक साटासाट कार्यक्रमले शिक्षणको गुणस्तर, शिक्षकहरूको क्षमता वृद्धि र विद्यार्थीको सिकाइ उपलब्धिमा प्रत्यक्ष योगदान पुर्‍याउने ठोस सम्भावना बोकेको शिक्षा शाखा प्रमुख बोधराज पाठकले उल्लेख गर्नुभयो । “यो पेसागत सिकाइको एक प्रभावकारी माध्यम हो, जसले शिक्षकबचि समन्वय र अनुभव आदान–प्रदानको अवसर दिन्छ,” पाठकले भन्नुभयो ।

शैक्षिक वर्ष २०८० मा ३३ जना र २०८१ मा ४७ जना शिक्षकलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा आवश्यकताका आधारमा साटासाट गरिएको थियो ।गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार