काठमाडौँ । संविधान सभा सदस्य एवं पूर्वप्रतिनिधि सभा सदस्य गणेशबहादुर खड्काको निधनमा राष्ट्रिय सभाले शोक प्रस्ताव पारित गरेको छ ।
सभाको आजको बैठकमा स्व खडकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको हो । राष्ट्रिय सभा सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारणा गरेको थियो ।
विक्रम संवत् १९९९ साल साउन १९ मा जन्मिएका संविधान सभा सदस्य एवं पूर्वप्रतिनिधिसभा सदस्य खड्काको ८२ वर्षको उमेरमा यही जेठ १५ गते निधन भएको थियो ।
स्वर्गीय खडका नेपाली काँग्रेसबाट २०४८र०५१ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्य पदमा र ०६४ सालमा संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए। यसैगरी, २०५२ सालमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायकमन्त्री र ०६४ सालमास्थानीय विकास राज्यमन्त्रीसमेत भएका थिए ।
सभाको अर्को बैठक यही जेठ २१ गते बुधबार अपराह्न १:१५ बजे बस्नेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया