काठमाडौं, २० बैशाख । मङ्गलबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भएको छ।
आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पछि सहमति हुन नसके पछि बुधवारसम्मका लागि स्थगित भएको हो ।
संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया