असार २१, २०८२ शनिबार July 5, 2025

प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर गरे विरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । दलहरुबीचको छलफल र सभामुखको पटक पटकको प्रयासका बीच सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।

पटक पटक समय सार्दै बेलुका मात्र बसेको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दलहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सभाको अर्को बैठक भोली दिउसो १ बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो ।

बैठकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर विरोध गर्नुभएको थियो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको भन्दै राजीनामा मागेका विपक्षी दलहरूले गत जेठ १२ गतेदेखि बैठक अवरुद्ध हुँदै आएको छ ।

यसअघि प्रतिनिधिसभाको जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग छलफल गरेपनि दुवै पक्ष अडानबाट पछि नहटेका कारण बैठक बस्न सकिरहेको छैन ।

प्रतिनिधिसभाको बैठक सुचारु हुन नसक्दा सरकारको आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा हुन सकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वप्रधानमन्त्री झलनाथ खनाल ६ दिने चीन भ्रमणमा
२०८२ असार २१, शनिबार
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल
२०८२ असार २०, शुक्रबार
सरकारी मुद्दामा अनिवार्य वकिल प्रतिनिधित्वको तयारीमा महान्यायाधिवक्ताको कार्यालय
२०८२ असार २०, शुक्रबार
प्रधानमन्त्री ओली स्पेन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
२०८२ असार २०, शुक्रबार
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार