काठमाडौँ ।सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
शुक्रवार काठमाडौंमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औं वर्ष हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गर्नुभयो । उहाँले विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै नभइ चेतना जन्माउने र बुद्धिमता सिर्जना गर्ने थलो भएको बताउनु भयो ।
न्यायाधीश मल्लले भन्नुभयो, ‘विद्यालय शिक्षाको ज्योती छर्ने थलो मात्रै होइन । यो चेतना जन्माउने थलो हो । बुद्धिमता सिर्जना गर्ने थलो पनि हो । सरकारी स्कुलमा गुणात्मक शिक्षा लगानी गर्ने र निजी स्कुलसँग प्रतिष्पर्धा गर्नसक्ने वातावरण बनाइदिनु भयो भने तपाईंले भनेका सबै कुरा पूरा हुन्छन् ।’
न्यायाधीश मल्लले सबैकुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभुतिले सफल बन्न मदद्त पुग्ने बताउनु भयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया