असार २२, २०८२ आइतबार July 6, 2025

त्रिविको प्राध्यापक दरबन्दी सिफारिसविरुद्ध ६ प्राध्यापक संघको आपत्ती, पारदर्शितामाथि प्रश्न

माग सम्बोधन नभए आन्दोलनात्मक कार्यक्रममा जान बाध्य हुने चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ २४ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले हालै सिफारिस गरेको प्राध्यापक तथा सह प्राध्यापकहरूको दरबन्दीप्रति प्राध्यापक संगठनहरूले तीव्र असन्तोष प्रकट गरेका छन्। उनीहरूले यस्तो सिफारिसले शैक्षिक क्षेत्रको गुणस्तर र विकासमा प्रतिकूल असर पार्ने चेतावनी दिएका छन्।

नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, लोकतान्त्रिक प्राध्यापक संघसहित ६ प्राध्यापक संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै त्रिविको सिफारिस प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका हुन्। उनीहरूका अनुसार कतिपय संकाय र विभागहरूमा दरबन्दी वृद्धि नभई उल्टै खारेज गरिनु गम्भीर र आपत्तिजनक छ।

वक्तव्यमा भनिएको छ, “वर्तमानमा व्यवस्था रहेको दरबन्दीको पिरामिडलाई बेवास्ता गरिएको छ। कुनै विषयमा बढुवाका निम्ति दरबन्दी सिफारिस गरिएको छैन भने कुनै विषयमा अत्यन्तै न्यून संख्यामा दरबन्दी सिफारिस गरिएको छ।”

संघहरूको दाबी अनुसार विश्वविद्यालयको मानव संसाधन विकास, विभागीय सन्तुलन र शिक्षण सिकाइ प्रक्रियालाई कमजोर बनाउने गरी गरिएको दरबन्दी सिफारिसले त्रिविमा दीर्घकालीन संकट निम्त्याउन सक्नेछ।

संघसंस्थाहरूले सिफारिस प्रक्रियामा व्यक्तिगत र पक्षपातपूर्ण असर परेको आशंका समेत व्यक्त गरेका छन्। उनीहरूले व्यक्तिगत इच्छाअनुसार कतै अत्यन्त न्यून दरबन्दी सिफारिस भएको र कतै सिफारिस नै नगरी खारेज गरिएको भन्दै आपत्ति जनाएका छन्।

“सम्पूर्ण विषयमा प्राध्यापक पिरामिड संरचनाको आधारमा दरबन्दी सन्तुलन मिलाउनु पर्ने हो,” वक्तव्यमा उल्लेख छ, “तर हाल गरिएको सिफारिसले शैक्षिक संस्थाको शीर कटाएको अनुभूति भएको छ।”

प्राध्यापक संघहरूले त्रिवि प्रशासनलाई अविलम्ब सिफारिस प्रक्रिया पुनरावलोकन गरी निष्पक्ष, पारदर्शी र शैक्षिक मूल्य–मान्यताका आधारमा पुनः दरबन्दी व्यवस्था गर्न माग गरेका छन्।

यदि माग सम्बोधन नभए आन्दोलनात्मक कार्यक्रममा जान बाध्य हुने चेतावनी समेत दिइएको छ।

यसबारे त्रिवि प्रशासनले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। दरबन्दी सिफारिस किन र कसरी गरिएको भन्ने विषयमा स्पष्ट पार्नुपर्ने दबाब बढ्दै गएको छ।

May be an image of ticket stub and text

May be an image of ticket stub and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार