असार २२, २०८२ आइतबार July 6, 2025

लक्षण नभएकाहरुलाई आईसोलेसन सेन्टरमा राख्ने हाम्रो रणनीति छ : डा. खेम कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

क्याबिनेटले हिजो धेरै निर्णयहरू गरेको छ । धेरै निर्णयहरूमा के के पर्दछन् ?

अधिकांश निर्णयहरू अहिलेको कोभिड नियन्त्रण सम्बन्धि निर्णयहरू छन् । आधिकारीक रूपमा मन्त्रिपरिषदको निर्णय सरकारको प्रवक्ताले बोल्नु नै हुनेछ । संक्रमण हिजो बाहिरबाट आउनेहरूमा धेरै थियो । त्यही अनुसारको हामीसँग रणनीतिहरू थियो । क्वारेन्टाइनमा राखिएको मान्छेहरूलाई जाँच गर्ने, त्यसपछि मात्रै घर पठाउने, यो खालको नीति थियो । संक्रमण अब स्थानीयस्तरमा यहाँको स्थानीय व्यक्तिहरूलाई पनि संक्रमण बढ्यो ।

कोरोना संक्रमण त समुदायमा गईसक्यो, रोकथामको लागि सरकारले कस्तो रणनीति बनाएको छ ?

अहिलेको रणनीतिमा अलिकति फरक हुन्छ । पहिलो कुरा त अस्पतालको क्षमतालाई हामीले वृद्धि गर्दैछौँं। हिजो वृद्धि नगरेको होइन । हिजो पनि हामीले निरन्तर वृद्धि गरेकै हौँ । अहिले लक्षण भएका व्यक्तिहरूलाई अस्पतालमा राख्ने र लक्षण नभएका व्यक्तिहरूलाई हामीले आइसोलेसन सेन्टरमा राख्ने भन्ने हाम्रो रणनीति छ । यसलाई हामीले अझै बढी मजबुत बनाउने कुरा हो । काठमाडौँ उपत्यकाको हकमा हामीले आइसोलेसन सेन्टरको लागि स्थानीय सरकारको सहयोगमा धेरै ठाउँमा आइसोलेसन सेन्टरको स्थापना गर्ने, बेडहरूको संख्या ४ देखि ५ हजारसम्म आइसोलेसनको लागि व्यवस्था गर्ने कुरा छँदैछ । अहिले भएकामध्येको प्लस गर्ने र २००० भन्दा बढी विरामीहरूको लागि अहिले कोभिडको लक्षण चिह्न भएका विरामीहरू हुनसक्छन्, अहिले काठमाडौँमा, उहाँहरूको लागि तयारी गर्ने भन्ने कुरा छ । अहिले करिब करिब २२०० भन्दा बढी आइ.सी.यु बेडहरू छन् । १००० भन्दा बढी हाम्रो भेन्टिलेटरको संख्या छ ।

उपचार नपाएर विरामीहरूले जुन किसिमको समस्या भोगिरहेका छन्, सरकार के हेरेर बसेको छ ?

अहिले हाम्रो ध्यान भनेको काठमाडौँ र वीरगञ्जमा संख्याहरू बढी भएको हुनाले त्यहाँ अस्पतालहरूको अलिकति बढी चाप भएको छ तर आइ.सी.युको बेड नै नपाएर एकदमै अभाव भएको छैन । प्राइभेट हस्पिटलहरूले अनिवार्य रूपमा कोभिडका विरामीहरू लिनुपर्छ भन्नुको पछाडिको कारण त्यही हो कि अहिले मान्छेहरूले कोभिडको संख्या हुनेबित्तिकै सरकारी अस्पतालमा पठाउने अनि अरू नन् कोभिड भयो भने प्राइभेट अस्पतालमा भर्ना गर्ने र नाफाको व्यापार गर्न मिलेन । त्यसो हुनाले यो महामारीको बेलामा सबैले सहयोग गर्नुपर्छ भन्ने कुरामा कमसे कम २५ प्रतिशत योगदान गर्नका लागि प्राइभेट अस्पतालहरूलाई भनिएको हो । अब जति संक्रमित हुन्छन्, तिनीहरूलाई हामीले खोज्न पाउँछौँ । यसबाट एक खालको आगो बलिरहेको ठाउँमा आगो निभाउने काम हुन्छ । अर्को कुरा अस्पतालहरूमा डिस्चार्ज गर्न सकिन्छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार