श्रावण ६, २०८२ मंगलबार July 22, 2025

यस्ता छन् होम आइसोलेसनमा बस्ने संक्रमितले पालना गर्नुपर्ने नियमहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षण नभएका संक्रमितहरुलाई  होम आइसोलेसनमा राख्ने निर्णय गरेको छ । अब लक्षण देखिएका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरेर उपचार गरिने भएको हो ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले ‘प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको र संक्रमण बढ्दै जादा अस्पतालको बेड अभाव हुन सक्ने भएकाले लक्षण देखिएका बिरामीलाई मात्रै अस्पतालमा उपचार गर्ने निर्णय भएको स्पष्ट पार्नुभयो ।

यसैगरी सरकारले अस्पताल र मेडिकल कलेजहरुमा कम्तिमा ६ हजार आइसोलेसन बेडको व्यवस्था गर्ने निर्णय पनि भएको छ ।

होम आइसोलेसनमा बस्दा यी नियम पालना गर्नुपर्नेछ :

१) हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउने

२) उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका सदस्यहरू मार्फत मगाउने

३)खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ जस्तैः पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने ।

४)प्रयोग गरिएका भाडाहरू सुरक्षितरूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,

५) स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरूपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोग पछि सरसफाइमा प्रयोग हुने disinfectant ले राम्रो सँग सफा गरे पश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,

६) हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माइने ब्रस लगायतका समानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने,

७) धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने

८) हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नु पर्ने र सबै सदस्यहरूले समय समयमा सफा गर्ने,

९) भाँडाकुँडा, कपडा धुनकालागि पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाउने,

१०) निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा  मेडिकल मास्क प्रयोग गर्ने,

११) बढी जोखिममा रहने समूहहरू जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट टाढा राख्नु पर्नेछ,

१२) दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने ।

१३) हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस. बाट जानकारी गराउने,

१४) निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ

श्वासप्रश्वासमा कठिनाइ भएमा,
छाती दुखे वा भारी महसुस भएमा,
ओठ तथा अनुहार नीलो देखिएमा,
होस हराएमा,
अन्य कुनै जटिल अवस्था देखिएमा ।

घरमा रहेका बिरामीहरूको नियमित अनुगमनः 
१) सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एस.एम.एस. बाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिइ अभिलेख व्यवस्थित गर्ने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार