श्रावण ८, २०८२ बिहिबार July 24, 2025

कोरोना रोकथाम र उपचारमा हालसम्म १२ अर्ब खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: कोभिड-१९ को रोकथाम र उपचारका लागि हालसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट गरी झण्डै रु १२ अर्ब खर्च भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ४ गतेको बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो खर्च विवरण सार्वजनिक गर्दै गत साउन मसान्तसम्म तीनै तहबाट रु ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार खर्च भएको जानकारी दिनुभयो ।

सो अन्तर्गत औषधि, स्वास्थ्य सामग्री, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टिन र अन्य शीर्षकमा ४ अर्ब ८१ करोड ९ लाख ९८ हजार खर्च भएको छ ।

सङ्घीय संचित कोषबाट विभिन्न मन्त्रालयबाट हालसम्म ५ अर्ब ८४ करोड ७९ लाख ९४ हजार, प्रदेश सरकारका तर्फबाट १ अर्ब ४९ करोड ७० लाख ४५ हजार र स्थानीय तहबाट १ अर्ब ३५ करोड २० लाख ५९ हजार स्रोत व्यवस्थापन भएको छ ।

केन्द्र सरकारको कोरोना रोकथाम र उपचार कोषमा हालसम्म २ अर्ब ७५ करोड जम्मा भएको पनि अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार