श्रावण ७, २०८२ बुधबार July 23, 2025

पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ ७ सशस्त्र प्रहरीलाई कोरोना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निजी निवास कोटेश्‍वरको सुरक्षामा तैनाथ ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ।

नेता नेपाल निवासको सुरक्षा टोली र ड्राइभरसहित ७ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमा संक्रमण पुष्टि भएपछि सबैजनालाई आइसोलेसनमा लगिएको छ । उनीहरुसँग सम्पर्कमा आएका अन्यको पनि परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

नेता नेपालको सुरक्षामा तैनाथ प्रहरीको टोलीमा कोरोना पुष्टि भएपछि  अर्को टोली कोटेश्‍वर आइसकेको छ। नेता नेपालको सचिवालयका एकजना सदस्यका अनुसार सुरक्षाकर्मीबाहेक अन्यलाई कोरोना देखिएको छैन। ‘नेता नेपालसहित परिवार र  सचिवालयका सदस्यहरुको परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आइसकेको छ’, उनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया