काठमाण्डाैंः विश्व महामारी कोरोना संक्रमण रोक्न पाल्पामा यही भदौ ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड-१९ को संक्रमण रोक्न २०७७ भदौ ५ गते १२ बजेदेखि लागू हुने गरी २०७७ भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।
हालै सरकारले स्थानीय रुपमा कोभिडको असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो ।
जिल्लाको रामपुर नगरपालिकाले केही दिनअघिबाटै लकडाउनको आह्वान गरिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया