काठमाडौं । आज नेपाली बजारमा लगातार सुनको मूल्य उकालो लागेको छ ।
आज पनि सुनको मूल्य बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया