श्रावण ७, २०८२ बुधबार July 23, 2025

भदौ १२ गतेसम्म निशेषधाज्ञा थप गर्ने चितवन जिल्ला प्रसासनको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  जिल्ला प्रशासन कार्यालय चितवनले पुन : एक साताको लागि निशेषधाज्ञा बढाउने निर्णय गरेको छ ।

यसअघि उक्त कार्यालयले साउन ३२ गतेबाट निशेषाज्ञा जारी गरेको थियो ।जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रवार वसेको विपद व्यवस्थापन समितिको वैठकले शुक्रवार रातीदेखि भदौ १२ गतेसम्म्का लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो  ।

यसअघि जिल्लाका माडी नगरपालिका वाहेक छ ओटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएको थियो । साउन ३० गते पहिलोपटक गरिएको निशेषाज्ञा शुक्रवार राती १२ वजे सकिदै थियो । माडी नगरपालिकाको थप सिफारीसमा जिल्लाका सात ओटै स्थानीय तहमा निशेषाज्ञा लागू गर्न लागिएको हो ।

बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनिकरण र रोकथामको लागि एकसाताको  समय थप गरेको बताएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रशासनले नागरिकलाई अत्यावश्यक काम बाहेक हिंड्डुल गर्न रोक लगाउंँदै आएको छ । अत्यावश्यक खाद्य सामाग्री खरीदको लागि नागरिकले बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि ८ बजेको समय तोकिएको छ ।

जिल्लामा हालसम्म  कोरोना संक्रमित ३०३ पुगेका छन् । जसमा महानगरमा १६८, राप्ती नगरपालिका ६५, खैरहनी नगरपालिका १२, कालिका नगरपालिका ५, रत्ननगर नगरपालिका ११, माडी नगरपालिका ४१ र ईच्छाकामना गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको छ । ती  मध्ये जिल्लाका तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया