श्रावण ७, २०८२ बुधबार July 23, 2025

आगामी दुई वर्षभित्रै कोरोना भाईरस नियन्त्रण हुने डब्ल्यूएचओ दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण आगामी दुई वर्षभन्दा कम समयमै हराएर जाने विश्वास व्यक्त गरेको छ । कोरोना भाइरस संक्रमण फैलिएको आठ महिनापछि डब्लु्एचओले सो विश्वास व्यक्त गरेको हो ।

सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् ।

भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चाँडो फैलिएको उनले बताए । तर, हालको विकसीत विज्ञान र प्रविधिका कारण कोरोना महामारी नियन्त्रण सफल हुने धेरै सम्भावना रहेको टेड्रोसले बताए ।

विश्वव्यापी रूपमा चाँडो फैलिएको भएपनि उन्नत विज्ञान र प्रविधिका कारण कोरोना महामारी स्पेनिस फ्लुभन्दा चाँडो नियन्त्रण हुने विश्वासमा आफूहरु रहेको बताए । उनले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी चाँडो नियन्त्रणमा आउने दाबी गरे ।

सन् १९१८ फ्रेबुअरीदेखि १९२० अप्रिलसम्म दुई वर्ष लामो समयमा फैलिएको स्पेनिस फ्लु नियन्त्रणमा निकै कठिनाइ भएको थियो । उक्त महामारीले विश्वभरका २ करोड मानिसको ज्यान लिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया