असार २२, २०८२ आइतबार July 6, 2025

दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन सबैले सहयोग गर्नुपर्नेमा सरोकारवालाको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कञ्चनपुर, ३१ जेठः शुक्लाफाँटा नगरपालिकाका आर्थिक अवस्था कमजोर रहेका दलित समुदायका ७० बालबालिकालाई आज शैक्षिक सामग्री सहयोग गरिएको छ ।
चालु आर्थिक वर्षको नगरपालिकाको दलित लक्षित वर्गको मागमा आधारित कार्यक्रमअन्तर्गत राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा अतिविपन्न परिवारका दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो ।
नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका अतिविपन्न दलित परिवारका ७० जना बालबालिका जनही १५ कापी, एक झोला, एक जोर विद्यालय पोसाक, एक थान औजार बक्सलगायत सामग्री सहयोग गरिएको समाजका अध्यक्ष शिवि लुहारले बताउनुभयो । नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयबाट तीनजना दरले बालबालिकाको छनोट गरी नाम पठाएका आधारमा शैक्षिक सामग्री वितरणको गरिएको उहाँले जानकारी दिनुभयो ।
एक कार्यक्रमका बीच नगरप्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पनाकुमारी जोशी पन्त, दलित अधिकारकर्मी गोविन्द नेपाली, अनिता नेपाली, गणेश विक, समाजसेवी दीपक भट्टलगायतले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।
त्यसक्रममा नगरप्रमुख महराले शिक्षा पाउनबाट कोही पनि वञ्चित हुुनुहँुदैन भनेर नगरपालिकाको बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्चिएको बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर सुधारका लागि विषयगत, कक्षागत शिक्षक व्यवस्थापनसँगै सामुदायिक विद्यालयमा स्थायी दरबन्दीका प्रधानाध्यापकको व्यवस्था गरिएको र एक वर्ष नपुग्दै विगतको तुलनामा कक्षा ८ को बोर्ड परीक्षाको नतिजा सन्तोषजनक आएको बताउनुभयो ।
नगर उपप्रमुख कल्पनाकुमारी जोशी पन्तले दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । “विद्यालय भर्ना भए पनि बीचमै छाड्नेमा दलित समुदायका बालबालिका धेरै छन”, उहाँले भन्नुभयो, “वर्षभरि विद्यालयमा टिकाइ राख्नका लागि शैक्षिक सामग्री, पोसाक वितरण, दिवा खाजालगायत कार्यक्रमले सघाउ पुग्छ, त्यसलाई प्रभावकारी बनाइनुपर्छ ।”
दलित अधिकारकर्मी गोविन्द नेपालीले सानो सहयोगले ठूलो अर्थ राख्ने भएकाले शैक्षिक सामग्री वितरणलगायत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । दलित समुदायका विद्यार्थीसँगै अभिभावकको आर्थिक अवस्थामा सुधारका लागि नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरिनुपर्ने अभियन्ता अनिता नेपालीले बताउनुभयो । आधारभूत तहसम्म निःशुल्क शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरूले विभिन्न शीर्षकमा दलित बालबालिकाबाट शुल्क असुल्दै आएकाले सो बन्द हुनुपर्ने दलित अगुवा गणेश विकको भनाइ थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार