श्रावण ३, २०८२ शनिबार July 19, 2025

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री

राष्ट्रसेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताएका छन् ।

आयोगको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामती, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा गरे ।

“नेपाल र नेपाली चाहनाअनुरुप कार्य गर्न आवश्यक जनशक्तिको छनोटमा आयोगले परीक्षा प्रणालीलाई सुधार गर्दै आएको प्रविधिमैत्री र समयसापेक्षा बनाएको जानकारी पाउँदा मलाई खुसी लागेको छ,”, प्रधानमन्त्री ओलीले भने, “आयोगलाई थप साधनस्रोतसम्पन्न र प्रविधिमैत्री बनाउन तथा आयोगका वार्षिक प्रतिवेदनमा दिइने सुझावको कार्यान्वयनका लागि सम्बन्धित निकायले ध्यान उचित दिनुपर्छ । सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरणका लागि सरकार तत्पर रहनेछ ।”

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको समारोहमा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी युवा पुस्तामा समेत विश्वासको वातावरण सृजना गरी राष्ट्रसेवामा सबैलाई प्रेरित गर्न आयोगले निरन्तर भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको अध्यक्षमा ढकाल
२०८२ श्रावण ३, शनिबार
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
२०८२ श्रावण ३, शनिबार
यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
२०८२ श्रावण ३, शनिबार
व्यावसायिक काँक्रोेखेतीमा रमाउँदै पौडेल दाजुभाइ
२०८२ श्रावण ३, शनिबार
आजको मौसम पूर्वानुमान : यी पाँच प्रदेशमा वर्षाको सम्भावना
२०८२ श्रावण ३, शनिबार
राष्ट्र बैंकले तोक्यो नयाँ विनिमय दर: डलर, युरो, रियालसहित अधिकांश मुद्रामा उतारचढाव
२०८२ श्रावण ३, शनिबार
ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको प्रथम शिवलिंगको कथा
२०८२ श्रावण ३, शनिबार