असार २३, २०८२ सोमबार July 7, 2025

पहिचानमा आधारित सङ्घीयता समावेशी र सशक्त राष्ट्र निमार्णको आधार होः अध्यक्ष यादव

शासन प्रणाली, शिक्षा, प्रशासन र न्यायालयजस्ता राज्यका अङ्गहरुमा विविध समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी), १ असारः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानमा आधारित सङ्घीयता सशक्त समावेशी र न्यायपूर्ण नेपाल निर्माणका लागि अनिवार्य रहेको बताउनुभयो ।

धरानमा आज जनता समाजवादी पार्टी लिम्बुवान् राष्ट्रिय समिति एकताको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले विविधतामा एकता बोकेको नेपालको सफल भविष्य सुनिश्चित गर्न सबै जातजाति, भाषाभाषी र समुदायको समान सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

शासन प्रणाली, शिक्षा, प्रशासन र न्यायालयजस्ता राज्यका अङ्गहरुमा विविध समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै समान अवसर र समावेशितामा आधारित शासन व्यवस्था नै सुदृढ लोकतन्त्रको जग रहेको बताउनुभयो ।

अझै पनि खस भाषाको एकाधिकार सरकारी कार्यालय र शिक्षण संस्थानमा कायम रहँदा सीमावर्ती अल्पसङ्ख्यक र ऐतिहासिक रुपमा पछाडि पारिएका समुदायको समुन्नति सुस्त भइरहेको जिकिर गर्दै उहाँले यसलाई समावेशी र पहिचानमूलक संरचनाबाट मात्र सुधार गर्न सकिने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले किरात लिम्बुवान् क्षेत्रको ऐतिहासिक पृष्ठभूमि नेपालको वर्तमान सीमाङ्कनभन्दा पुरानो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यको नीति तथा निर्णय प्रक्रियामा विविध समुदायका प्रतिनिधि उपस्थित हुनुपर्छ । जबसम्म सबै समुदायको आवाज प्रतिनिधत्व हँुदैन तबसम्म लोकतन्त्र अधुरो हुन्छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार